प्रदेश समानुपातिक सूची आयो, १३ दलको प्रतिनिधित्व

काठमाडौं- निर्वाचन आयोगले प्रदेश सभा समानुपातिकतर्फका सांसदहरुको संख्या सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम प्रदेश सभामा १३ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ।
सातै प्रदेशको प्रदेशसभामा भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्रै उपस्थिति हुने भएको छ।
आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार २ सय २० प्रदेश सभा सिटमा नेकपा एमालेले ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ संघीय समाजवादी फोरमले १३ राष्ट्रिय जनता पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, विवेकशील साझाले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक एक सिट प्राप्त गरेका छन्।
संघीय समाजवादी फोरम प्रदेश १, २ र ५ मा उपस्थित हुँदा राजपाको उपस्थिति २, ५ र ७ नम्बर प्रदेशमा भएको छ।
कमल थापा नेतृत्वको राप्रपाले ३ सिट पाउँदा पनि प्रदेश १, ३ र ६ मा उपस्थित भएको छ।
राष्ट्रिय पार्टी बन्ने नारा लिँदै चुनावी अभियान थालेको विवेकशील साझा ३ नम्बर प्रदेशमा सीमित भएको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि ४ नम्बर प्रदेशमा सीमित हुन् पुगेको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एक दुई दिनभित्र प्रतिनिधि सभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक गरिने बताए।
यो पनि हेर्नुहोस्:
प्रदेश १ को मुख्यमन्त्री मै बन्छुः शेरधन
प्रदेश राजधानीको आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन