राजस्थानमा पुलबाट बस खस्दा २७ को निधन

राजस्थानमा शनिबार माधोपुरको दुबी क्षेत्रस्थित बनास नदीको पुलबाट बस तल खस्दा कम्तीमा २७ जनाको निधन भएको छ।

पीटीआईका अनुसार घटनामा थुप्रै घाइते भएका छन् जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा परेकाहरुको उद्धार भइरहेको छ।

राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले ट्विटरमार्फत घटनामा ज्यान गुमाउनेका परिवारलाई समवेदना व्यक्त गरेका छन् भने पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै पीटीआईले उल्लेख गरेअनुसार राजस्थानको सवाई माधोपुर जिल्लामा रहेको बनास नदीको पुलबाट बस खस्दा २७ जनाको निधन भएको छ भने पाँचजना घाइते भएका छन्।

यो पनि हेर्नुहोस्:

चुनावी अभियानमा घुम्‍न गएका एमाले नेता मण्डलको निधन

 

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्