जाडोमा रक्सीले मुटुलाई कसरी बिगार्छ? (डाक्टर यादव भट्टको टिप्स)

काठमाडौँ- जाडो बढेसँगै मुटुका अनगिन्ती समस्यासहित अस्पतालमा बिरामी लामवद्ध हुन थालेका छन्। उनीहरुको समस्या पहिचानमा मुटुरोग विशेषज्ञ व्यस्त हुनु स्वभाविकै हो।

मुटरोग विशेषज्ञहरुका अघिल्तिर बालबालिका र ४० कटेका मानिसहरु मलिनो अनुहारमा भुम्मिएको पाइन्छ। त्यतिबेला चिकित्सकले नबिर्सी बिरामीलाई दिने एउटा सुझाव हो, ‘जाडोयाममा रक्सी खाँदै नखानू, आफूलाई .न्यानो राख्नु तर फुर्तिलो पनि बन्नू।’

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. यादव भट्टलाई हामीले भेट्यौँ र सोध्यौँ- जाडाेमा मुटु कसरी जोगाउने?

उनले टिप्स दिए:

  • रक्सी नखाने
  • न्यानो भई बस्ने ( एउटा बाक्लो कपडा लगाउनुभन्दा तीन चार वटा कपडा लगाउने )
  • तातो खाने (जंकफुड नखाने)
  • झोल कुरा धेरै खाने
  • मनतातो पानी पिउने
  • एकै ठाउँमा बसिनराख्ने (शरीरलाई चलायमान गराउने )
  • रक्तचाप जाँच गरिराख्ने
  • मुटुको औषधि खानेहरुले त्यसलाई निरन्तरता दिने
  • शारीरिक अभ्यास गर्ने तर न्यानो बनेर
  • स्वस्थ वातावरणमा व्यायम र प्राणायाम गर्ने

यी टिप्ससँगै मुटुरोगसँग सम्बन्धित थुप्रै प्रश्‍नहरुको जवाफ 

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्