म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

फाइल फोटो

काठमाडौँ-विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उनले  एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उनले भने।

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको घरपरिवार तथा सम्पूर्ण आफन्तजनमा समवेदना प्रकट गर्दछु उल्लेख छ।

यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उनले सबैमा आग्रह गरे।

यो पनि हेर्नुहोस्:

कालीकोटमा म्यादी प्रहरीसँगको झडपमा गोली चल्यो, एकको मृत्यु

म्यादीको प्रहरीको बिदाइ

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्