दर्लामीको ‘यात्री’ बजारमा

+
-

काठमाडौं- नवोदित साहित्यकार जेबी दर्लामी उपन्यास लिएर साहित्य बजारमा आएका छन्। शनिवार उनको पहिलो कृति ‘यात्री’ को विमोचन भयो। कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समीक्षक रूपक अलंकारले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका थिए।

पुस्तकबारे बोल्दै कवि श्यामलले पुस्तकले मंगोलजाति र प्रकृतिबीचको गहिरो सम्बन्ध उजागर गर्ने बताए। ‘उपन्यासले गन्तव्यको खोजीमा हिँडेको रूमानी सभ्यताको चित्रण गरेको छ’, श्यामलले भने।

पत्रकार बसन्त बस्नेतले उपन्यासमा पहिचानको राजनीतिलाई सहअस्तित्वसँग जोड्ने प्रयास गरेको टिप्पणी गरे। भने, ‘पृथक जातीय राज्यको परिकल्पनाविरूद्ध बगेको किताबले त्यसको बैठानको मध्यविन्दु खोजेको छ।’

निबन्धकार कुमारी लामाले पुस्तक कुनै विषयमा केन्द्रित नभए पनि त्यसले बसाइसराइ र तिब्बतीको पीडा उजागर गर्ने बताए। ‘यो किताब पहिचान संकटमा परेका विस्थापितहरूको पीडाको खोजी हो’, उनले भनिन्।

समीक्षक रूपक अलंकारले उपन्यासले प्राचीन वंश खोज्दै हिँडेको यात्रीको वर्णन गर्ने बताए।

उपन्यास लिपी बुक्सले बजारमा ल्याएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?