हिमाचलका मुख्यमन्त्री जयराम ठाकुर

शिमला- भारतको हिमाचल प्रदेशका मुख्यमन्त्रीमा जयराम ठाकुरलार्इ मनोनयन गरिएको छ।

प्रान्तीय विधायक दलको बैठकमा ठाकुरको नाम सिफारिस गरिएको थियो।

ठाकुर ५ कार्यकालदेखि विधायक रहँदै आएका छन्। नेता चुनिएपछि जयरामले राज्यपालसँग भेट गर्नेछन्।

उनले बुधबार शपथ ग्रहण लिने कार्यक्रम छ। आफ्नो नाम घोषणा गरिएपछि उनले हिमाचलका जनताको सेवा गर्ने घोषणा गरेका छन्।

उनी मण्डी जिल्लाको सिराजबाट विधायक चुनिँदै आएका छन्। भारतीय जनता पार्टीले हिमाचल प्रदेशमा ६८ मा ४४ सिट जितेको छ।

यो पनि हेर्नुहोस्:

गुजरात र हिमाँचलमा भाजपा आयो

 

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्