किस्ट अस्पतालका कर्मचारी आन्दोलनमा, सेवा प्रभावित

फाइल फोटो । किष्ट मेडिकल कलेजमा आन्दोलनरत कर्मचारी ।

काठमाडौँ- सेवासुविधामा वृद्धिको माग गर्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा होमिएपछि त्यहाँको सेवा प्रभावित बनेको छ।

अस्पतालमा कार्यरत ५ सय ५ कर्मचारीमध्ये ३ सय ९५ कर्मचारी आन्दोलनमा होमिएपछि सेवा प्रभावित बनेको हो। उनीहरुले आन्दोलन सुरु गरेको आइतबार ११ दिन पुगेको छ।

आन्दोलनको नेतृत्व गरिरहेका अस्पतालको प्रशासन विभागका कर्मचारी उमेश बर्तौलाले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताए।

‘हामीले आफ्ना माग पटकपटक प्रशासन सामु तेर्स्याएका थियौँ। तर, प्रशासनले हामीलावई सुनुवाइ कहिल्यै गरेन,’ बर्तौलाले देशसञ्चारसँग भने, ‘त्यसैले हामी अस्पतालको सेवा छोडेर आन्दोलन गर्न बाध्य भएका छौं।’

अस्पतालका निमित्त निर्देशक डा. सुरज वज्राचार्यले कर्मचारीका कतिपय माग अस्पताल प्रशासनले सम्बोधन नै गर्न नसकिने भएकाले उक्त आन्दोलन लम्बिरहेको बताए। ‘कर्मचारीका माग निकै कडा छन्, जुन अस्पतालले पूरा गर्न निकै गार्‍हो ह्रो छ,’ डा. वज्राचार्यले भने।

यस्ता छन् कर्मचारीका माग
हालको तलबमा ८ हजार रुपैयाँ थप्नुपर्ने
कर्मचारी कल्याणकारी कोष एक दशमल पाँच प्रतिशत फिर्ता गर्नुपर्ने
कर्मचारीले निःशुल्क उपचार सेवा आफू कार्यरत अस्पतालबाट पाउनुपर्ने
रात्रीकालिन ड्युटी गर्नेले थप दुई सय भत्ता पाउनुपर्ने
प्रत्येक कर्मचारीले गाडीभाडास्वरुप १५ सय पाउनुपर्ने
बाहिरी स्रोतमा खटिएका कर्मचारीलाई आन्तरिक स्रोत खटाउनुपर्ने
सम्पूर्ण कर्मचारीलाई समानरुपमा सार्वजनिक दशैंतिहार लगायतको दिनुपर्ने
असक्तताका कारण काम गर्न नसक्नेलाई आजिवन ५० प्रतिशत छुटमा स्वास्थ्य सेवा दिनुपर्ने
सम्पूर्ण कर्मचारीको बढुवा तथा विदाको रकम दिने व्यवस्था लागु गर्नुपर्ने।

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्