क्रिसमस इभमा ठमेल रातभरि खुला

क्रिसमस इभमा ठमेलमा रमाएका बालकहरु। तस्बिर: वर्षा शाह

काठमाडौं-महानगरिय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र धानुक सुरक्षा अवस्था बुझ्न काठमाडौंका बिभिन्न स्थानहरुमा घुमिरहेका छन्। क्रिसमस मनाउनेहरु ठमेल, दरवारमार्ग, लाजिम्पाट लगायत क्षेत्रमा जम्मा भइरहँदा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।

दरवारमार्गमा भेटिएका धानुकले देशसञ्चार सँग भने, ‘संयमित भएर रमाउनेहरुलाई प्रहरीले केही गर्दैन, कसैले शान्ति सुव्यवस्थामा खलल पर्ने गतिविधि गरे प्रहरीले नियन्त्रण लिई कारवाही गर्छ।’

उनले क्रिसमसलाई लक्षित गर्दै दरबारमार्ग र ठमेल क्षेत्रमा १ सय ५० थप सुरक्षाकर्मी खटाइएको जानकारी दिए।

आइतबार समस इभ परेकाले पनि बिहान ४ बजेसम्मै क्लब, होटल, रेष्टुरेन्टहरु खुला रहने उनले बताए।

सादा पोशाक र बर्दीमा गरी यथेष्ट प्रहरी परिचालन गरिकाले सुरक्षा व्यवस्थामा कुनै कमजोरी नहुने धानुकले बताए।

यो पनि हेर्नुहोस्:

राष्ट्रपतिबाट सबैलाई क्रिसमसको शुभकामना

 

 

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्