भारतद्धारा टीट्वेन्टी शृंखला क्लिनस्विप

मुम्बई–भारतले श्रीलंकाविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखला क्लिनस्विप गरेको छ। आइतबार राती सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाँच विकेटले विजयी हुँदै घरेलु टोली भारत शृंखलामा ३–० ले अगाडि रह्यो।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन जोड्यो। आसेला गुणारत्नेले सर्वाधिक ३६ रन बनाए। दासुन सानकाले पनि २९ रन जोडे।
निरोसान डिकवालाले एक, उपुल थारंगाले ११, कुशल परेराले चार, सदिरा सामाराविक्रमाले २१, थिसारा परेराले ११ र दनुस्का गुणारत्नेले तीन रन बनाए। १८ रन जोड्दा तीन विकेट गुमाएको श्रीलंकाका लागि मध्यक्रमका आसेला र सामाराविक्रमाले सम्हाल्ने प्रयाश गरेका थिए।
बलिङतर्फ भारतका हार्दिक पान्ड्या र जयदेब उनाडकटले दुई दुई विकेट लिए। मोहम्मद सिराज, कुलदिप यादब र वासिंटन सुन्दरले एक एक विकेट हात पारे। भारतले १९.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।
भारतका मनिष पान्डेले ३२, श्रेयस ऐरले ३०, रोहित शर्माले २७, दिनेश कार्तिकले १८ र महेन्द्रसिंह धोनीले १६ रन बनाए । भारतका बलर उनाडकट प्लेयर अफ दी म्याच घोषित भए । भारत भ्रमणमा रहेको श्रीलंकाले एकदिवशिय र टेस्ट शृंखला पनि गुमाएको थियो ।
यो पनि हेर्नुहोस्: