कालिकोटमा कर्फ्यू हट्यो, जनजीवन सामान्य

स्थानीय प्रशासनले शुक्रबार साँझ साँढे तीन बजेदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू हटाएपछि सामान्य बनेको कालिकोटको बजार। तस्बिर: देश सञ्चार
सुर्खेत-स्थानीय प्रशासनद्वारा कालिकोटमा लगाइएको कर्फ्यू हटेको छ। गत शुक्रबार साँझ साँढे तीन बजेदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू सोमबारबाट हटाइएको हो।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालिकोट पुगेपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।
कर्फ्यू हटेसँगै सवारी साधान आवतजावत सुरु भएको छ भने जनजीवन समेत सामान्य बनेको छ।
प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) देखि कर्फ्यू लगाइएको थियो। घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यू लगाइएको थियो।