विश्‍वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन-विश्वका विभिन्‍न देशहरुमा आज क्रिसमस पर्व मनाइँदै छ। इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन्।

क्रिसमस पर्व

यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई लिएर यस पर्वको पूर्वसन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । कतिपय देशहरुले क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ सुरक्षा व्यवस्था लागू गरेको जनाएका छन् ।

क्रिसमस पर्वयो पर्व मनाउने क्रममा विशेषगरी मुस्लिम देशमाहरुमा इस्लामिक अतिवादीहरुले क्रिस्मसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन्।

क्रिस्मस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ ।

क्रिसमस पर्वअमेरिकाका पनि विभिन्न स्थानमा क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरुमा बन्दुक हमला हुने त्रासले कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

क्रिस्मस सप्ताहका लागि विश्वका क्रिश्चियन धर्मावलम्बीहरु बढी भएका देशमा सार्वजनिक विदाहरु सुरु भएका छन् । जसअनुसार ती विदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो ।

क्रिसमस पर्वसन् २०१६ को यस्तै क्रिस्मस समारोहमा भएको बन्दुक हमलामा परी ११ जना नागरिकको ज्यान गएको थियो । साथै त्यसमा परी ५९ जना नराम्ररी घाइते भएका थिए ।

यस पटक भने सो समारोहलाई लक्ष्यगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुको भनाई छ । इस्लामिक स्टेट एवम् अन्य अतिवादीहरुका कारण हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरेर यो व्यवस्था गरिएको हो ।

क्रिसमस पर्वपछिल्ला केही वर्षहरुमा युरोपका देशमा पनि आतङ्ककारी हमला बढ्ने गरेका छन्। जसका कारण ती देशमा असुरक्षा बढेको पाइएको छ ।

इस्लामिक अतिवादी समूह आइएसले ती देशमा हमला गर्ने गरेको जनाएको छ । सोही कारण पनि क्रिस्मसको पूर्व सन्ध्यामा युरोपका देशहरुमा पनि सुरक्षा प्रबन्ध मिलाइएका समाचारहरु प्राप्त भएका छन् । रासस

क्रिसमस पर्वतस्बिरहरु:एनवाइटाइम्स

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्