रियललाई हराएपछि मेसीको क्रिसमस रमझम

म्याड्रिड– एल क्लासिकोमा शानदार जितपछि बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीको ‘क्रिसमस सेलिब्रेसन’ भब्य बनेको छ।
मेसी श्रीमती र छोराहरुसहित सान्टाको पुगेका छन्। क्रिसमस इभका अवसरमा मेसीले परिवारसहित सान्टासँग खिचेको तस्विर सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । तस्विरमा मेसी, श्रीमती एन्टोनेला रोक्कुजो , छोराहरु माटेओ र थियागो देखिन्छन्।
मेसीको यस तस्विर पोस्ट गरेको एक घन्टामै १० लाख भन्दा बढीले लाइक गरेका थिए। परिवारसँग धेरै रमाउने मेसीले तस्विरमाथी लेखेका छन्, ‘सबैलाई क्रिसमसको शुभकामना’ । रोक्कुजो मेसीकी बाल्यकालकी साथी हुन् । उनीहरुले गत समरमा विवाह गरेका थिए ।
गत अक्टोबरमा यो जोडीले आफु तेस्रो सन्तानको पर्खाईमा रहेको बताएको थियो । शनिबार राती भएको खेलमा बार्सिलोना रियलको मैदानमा ३–० गोलले विजयी भएको थियो । त्यस खेलमा मेसीले एक गोल गरेका थिए भने एकमा एसिस्ट गरेका थिए।