पोखरामा ११ औं हिसान स्पोर्ट्स मिट जारी

पोखरा- निजी कलेज तथा विद्यालयहरुको छाता संस्था हिसान कास्कीले आयोजना गरेको ११ औं स्पोर्टस मिट पोखरा रंगशालामा जारी रहेको छ।

हिसान कास्कीमा आवद्ध ६० कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न इभेन्ट्मा २ हजार ५ सय विद्यार्थीहरुलाई खेल प्रतिष्पर्धामा सहभागी गराइएको छ।

आइतबार छात्र र छात्रा भलिवल, छात्र/छात्रा बास्केटबल र टेबल टेनिस छात्र/छात्रा सिंगल्स, छात्र/छात्रा मिक्स डबल्सका खेलहरु जारी रहे। भलिबल छात्र–छात्रा तर्फ प्रथम चरणका खेलहरु सम्पन भएका छन्। छात्र भलिबलमा माउन्ट अन्नपुर्ण मावि, मेरीगोल्ड, स्पाइरल र पोखरा मावि सेमिफाइनलमा प्रवेश गरेका छन्। छात्रा भलिबलमा डायमण्ड माबि, न्यू ग्यालेक्सी, स्पाइरल र कास्की मोर्डनाइज्ड सेमिफाइनलमा प्रवेश गरे। छात्र–छात्रा दुबै तर्फका फाइनल खेल सोमबार हुने आयोजकले जानकारी दिएको छ।

बास्केटबल छात्रतर्फ न्यु ग्यालेक्सी, टप्स मावि, डायमण्ड मावि, बिएमजी, प्रतिभा, एनटिएचएमसी, पोखरा माबी र केफ सेमिफाइनलमा प्रवेश गरेका छन्। त्यसै गरी छात्रा तर्फ डायमण्ड मावि, सगरमाथा मावि, न्यू ग्यालेक्सी, कास्की मोर्डनाइज्ड र पोखरा मावि दोस्रो चरणमा प्रवेश गरेका छन्।

टेबल टेनिस छात्रा सिंगल्समा सगरमाथा माविकी अपेक्षा थापा र स्टेप बाइ स्टेपकी सुस्मिता सुबेदी सेमिफाइनलमा प्रवेश गरेका छन्। पोखरा माविकी शान्ति थापा, प्रतिभा माविकी सबिना क्षेत्री, सगरमाथाकी आशुका रन्जित र स्टेप बाइ स्टेपकी सिमा बिक क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

टेबल टेनिस छात्र सिंगल्समा नेसनल इन्भेन्टिभका महादेव पहारी, र सगरमाथाका सफलजङ्ग केसी सेमी फइनलमा प्रवेश गरेका छन् भने प्रतिभाका विजय महत क्वाटरफाइनल प्रवेश गरेका छन्।

छात्र टेबल टेनिस डवल्समा पोखरा मावि, प्रतिभा मावि, सगरमाथा मावि, पोखरा मल्टिमोडल, रत्न ज्योति, स्टेप बाइ स्टेप, मदरल्याण्ड, करुणानिधि फाउण्डेसन, लिटिल स्टेप र पश्चिमाञ्चल मावि दोस्रो चरणमा प्रवेश गरेका छन्। छात्रा डबल्समा मदरल्याण्ड मावि, सगरमाथा मावि र न्यू ग्यालेक्सी मावि दोस्रो चरणमा प्रवेश गर्न सफल रहे।

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्