तीन दिनमै ‘टाइगर जिन्दा है’लाई ११४ करोड

नयाँ दिल्ली–सलमान खान र क्याटरिना कैफ अभिनित ‘टाइगर जिन्दा है’ ले रिलिज भएको तीन दिनभित्रै एक सय १४ करोड ९३ लाख भारतिय रुपैयाँ कमाएको छ।

सलमानको यो फिल्म हिन्दी फिल्मको इतिहासमा रिलिज भएको पहिलो साता सबैभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ।

पहिलो स्थानमा ‘बाहुबली–दुई’ रहेको छ। ‘टाइगर जिन्दा है’ले शुक्रबार ३४.१ करोड, शनिबार ३५.३ करोड र आइतबार ४५.५३ करोड भारतीय रुपैयाँ कमाएको थियो।

यसअघि सलमानको ‘सुल्तान’ फिल्मले रिलिज भएको तीन दिनभित्र १ सय ४ करोड भारतीय रुपैयाँ कमाएको थियो। उनको ‘प्रेम रतन धन पायो’ले पनि सुरुको तीन दिनमा एक सय करोडभन्दा बढी कमाएको थियो। सलमानको पुर्व प्रेमिका क्याटरिनासँगको यो फिल्म बहुप्रतिक्षित थियो।

यसअघि तेलुगु फिल्म ‘बाहुबली–दुई’ले रिलिज भएको पहिलो साता १ सय २८ करोड भारतीय रुपैयँ कमाएको थियो। ‘टाइगर जिन्दा है’ले ‘बाहुबली दुई’को कीर्तिमाननजिक पुग्ने सम्भावना देखिएको छ।

 

 

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्