डिएनएबारे १० रोचक तथ्‍यहरु

काठमाडौं-डिएनए अर्थात डिअक्सिराइबो न्‍युक्लिक एसिड भन्‍नाले मानिसको वंशाणु भन्‍ने बुझिन्छ।

डिएनमा भएको सूचना बोक्‍ने मोलिक्‍यूलले मानिसको जीवन कस्तो हुन्छ भन्‍ने निर्धारण गर्दछ।

यो एक पुस्तादेखि अर्को पुस्तामा सरिरहन्छ। यही डिएनए मानिसको मूल हो। तपाई यसको प्रकृति। यसबारे जान्‍नुहोस् १० रोचक तथ्‍यहरु।

१. कुनै पनि जीवित कोषिका(Living cells) संरचनामा डीएनए रहेको हुन्छ। डीएनए गुणसुत्र हो। यसले जीवको संरचना र गुणलाई परिभाषित गर्ने गर्दछ। यो संरचना चक्‍करदार दोहोरो भर्‍याङ (Double Helix) जस्तै हुन्छ।

२. संसारभरिका सारा मानिसको डीएनएमा ९९.९ प्रतिशत समानता हुन्छ। यसको अर्थ तपाईको डीएनए संसारको कुनै पनि मानिससँग ९९.९ प्रतिशत मेल खान्छ।

३.डीएनएमा जीवित प्राणीको सम्‍पूर्ण जानकारी रहेको हुन्छ। तपाईबारे सारा सूचना तपाईको डीएनए परीक्षण गर्दा पत्ता लाग्छ।

४.मानव शरीरको प्रत्‍येक कोषिकामा डीएनए रहेको हुन्छ। कोषिकाभित्र यो साँघुरिएर ०.९ माइक्रोमिटरको आकारमा बसेको हुन्छ।

५. कोषिकाभित्र अल्पआकारमा रहेको डीएनएलाई फिँजाएर बाहिर राख्‍ने हो भने यसको आकार १.८ मिटर हुन्छ। तर यसको मोटाइ भने एक इन्चको ५० खर्बौ भागको एक भाग मात्र हुन्छ।

६. तपाइले डीएनए परीक्षणबारे सुन्‍नु भएकै होला। यो ०.१ प्रतिशत डीएनएको संचरना फरक हुन्छ, कुनै दुई मानिसमध्‍ये यही ०.१ प्रतिशतले डीएनए कस्को हो भनी थाहा हुन आउँछ।

७. सर्वप्रथम डीएनएबारे सन् १८६९ मा थाहा भएको थियो। यसो श्रेय फ्रेडरिक मिसचेरलाई जान्छ। उनी स्विसका चिकित्सक हुन्। यही विषमा पत्ता लगाएकालेउनलाई नोबेल पुरस्कारबाट पुरस्कृत गरिएको थियो।

८. वंशाणुगत(Genetic)सारा सूचना डीएनएमा संग्रहीत हुन्छन् र यसबाटै अगाडि बढ्छन्। वैज्ञानिकहरुले यसबारे सन् १९४३ मा मात्र थाहा पाए। यसभन्दा अगाडि वंशाणुगत सूचना प्रोटिनमा संग्रहित हुन्छ भन्‍ने मान्‍यता रहेको थियो।

९. डीएनए अणु (Molicules)बाट बनेको हुन्छ। यी मोलिक्‍युलसलाई न्‍यूक्लियोराइड्स भनिन्छ। डीएनए पनि मोलिक्‍यूल हो।

१०. डीएनएको संरचनामा संलग्‍न ‘न्‍यूक्लियोराइड्‍स’ ‘फोस्फेट ग्रुप’ ‘सुगर ग्रुप’ र नाइट्रोजन बसेका हुन्छन्।

(ज्ञानमित्रको पुस्तक ‘हजार प्लस  रोचक वैज्ञानिक तथ्‍य’ बाट साभार)

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्