सन्तोष र निर्दोषको मित्रता

काठमाडौँ- युवा संगीतकार सन्तोष श्रेष्ठ र गीतकार माधव निर्दोषको संयुक्त सांगितिक एल्बम ‘मित्रता’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटा, गीतकार संघका अध्यक्ष चुडामणी, संगीतज्ञ बुलु मुकारुङ लगायतले एल्बम बिमोचन गरेका हुन्।

संगीतकार श्रेष्ठ र गीतकार निर्दोषको यो तेस्रो संयुक्त एल्बम हो । एल्बममा पाँच वटा गीत समावेश छन् । जसमा मनोज राज, रिता केसी, मञ्जु उपासना, सरोज कोइराला र श्रेयसी चेमजोङको स्वर छ । सुदीप सागर र हेमन्त शिशिरको एरेन्ज रहेको एल्बमका सबै गीत भोला पौडेलले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् । एल्बमलाई क्यापिटल इभेन्टले बजारमा ल्याएको हो।

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्