कांग्रेस बैठकमा कुटाकुट, तीन घाइते

स्याङ्जा-  वालिङमा भएको नेपाली कांग्रेस स्याङ्जाको निर्वाचन समीक्षा बैठकमा सोमबार हात हालाहाल हुँदा तीनजना घाइते भएका छन्।घाइते हुनेमा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले छन्।

बैठकमा नेपाली कांग्रेसको चुनावी नतिजा स्याङ्जामा राम्रो हुन नसकेपछि एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै हात हालाहाल हुँदा तीन जना घाइते भएका हुन्। घाइतेमध्ये भेषराज अर्याल र कमल ढकाललाई काठमाडौं उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ।

स्याङ्जाको क्षेत्र नम्बर १ मा करिब १० हजार मतले नेपाली कांग्रेसले पराजय भोगेको थियो भने क्षेत्र नम्बर २ मा ३ हजार ७ सय मतले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पराजय भोगेका थिए। नेपाली कांग्रेसको समीक्षा बैठकमा प्रजातान्त्रिक पक्षले संस्थापन पक्षबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहयोग नभएको आरोप लगाएपछि हात हालाहालको स्थित आएको  प्रत्यक्षदर्शी बताउँछन्।

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्