
ललितपुर- इमाडोलेस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनपक्षबीच १२ दिनसम्म पनि सहमति नहुँदा अस्पताल अन्योलमा परेको छ।
अस्पताल परिसरमा दिनौं चर्कने नाराबाजी र धर्नाले त्यहाँ जाँचका लागि पुग्ने बिरामी त मारमा परेका छन् नै, स्थानीय समेत हैरान हुन थालेका छन्। हाल पाइरहेको सेवा सुविधामा वृद्धिको माग आन्दोलनकारीको छ।
माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा उनीहरु छन्। अस्पताल व्यवस्थापन पक्ष भने सम्पर्क बाहिर छ। अस्पतालमा पुगेर देशसञ्चारकी विन्दु शर्मा र आरजु हमालले तयार पारेको रिपोर्ट।