राष्ट्रपतिले गरिन् अस्वस्थ डा. देवकोटासँग फोनवार्ता

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले लण्डनमा उपचार गराइरहेका वरिष्ठ स्नायु शल्यचिकित्सक डा. उपेन्द्र देवकोटालाई सोमबार फोन गरी स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।

राष्ट्रपतिसँग कुरा गर्दै डा. देवकोटाले आफ्नो स्वास्थ्यस्थितिमा सुधार आइरहेको जानकारी गराएका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज शर्माका अनुसार लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा उपचार गराइरहेका डा. देवकोटाले अहिले केही स्वस्थ महसुस गरेको जानकारी भण्डारीलाई गराएका थिए।

यो पनि हेर्नुहोस्:

स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा

वरिष्ठ चिकित्सक उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभ माग्दै दीप प्रज्ज्वलन

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्