पोखरामा क्रिसमसको चहलपहल। तस्बिरहरु : जमुना वर्षा शर्मा

पोखरा- पर्यटकीय शहर पोखराको लेकसाइडमा क्रिसमसको रौनकमा विदेशी तथा स्वदेशी पर्यटक निकै रमाइरहेका छन्।फेवातालको किनार छेऊ सिंगारिएका होटल रेष्टुरेन्ट पर्यटकलाई स्वागतका लागि टाँगिएका तुल ब्यानरले जाडोको यो मौसमलाई नै बिर्सादिएको भान हुन्छ।

क्रिसमसको विशेष र अग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडका होटल निकै राम्रोसँग सिंगारिएका छन्। प्राय होटलहरुमा शान्त क्लजले पर्यटक बोलाइरहेका छन् भने शान्त क्लजसँग फोटो खिच्नेको भिड पनि उस्तै।

पर्यटकहरु आआफ्नै तालमा रमाइरहेका छन्।

क्रिसमसमा दुई छोरा र श्रीमानसहित घुम्न आएकी पोखरा अमरसिंहकी सांग्रिला मरासिनीले निकै रमाइलो भइरहेको अनुभव सुनाइन्। ‘छोराछोरीले शान्त क्लजसँग फोटो खिच्ने र घुम्न रहर गरेपछि लिएर आएकोे एकदमै रमाइरहेका छन्,’ उनले फोटो खिच्ने र रेष्टुरेन्टमा आगो ताप्दै खाना खानुको मजा बेग्लै रहेको अनुभव सुनाइन्।

विशेष गरी क्रिसमस पश्चिमा मुलुकमा बढी मनाइने भएपनि पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्दै गएको छ। क्रिसमस र अंग्रेजी नयाँ वर्षले स्वदेशी तथा विदेशी पर्यटकलाई निकै आकर्षित गरिरहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली बताए। उनले यतिबेला पर्यटकलाई आकर्षित गर्न निकै उपयुक्त समय भएको बताए।

क्रिसमस सन्दर्भमा पर्यटकको चाप ह्वात्तै बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका उपाध्यक्ष हरि भुजेल बताए।

‘आन्तरिक तथा बाह्य पर्यटकको राम्रो उपस्थिति देखिएको छ,’ उनले भने, ‘क्रिसमस सँगै अग्रेजी नयाँ वर्षको अवसरमा हुने सडक महोत्सवले पनि पर्यटकको पोखरा बसाइलाई लम्ब्याउन सहयोग पुर्‍याएको छ।’

रेवान पोखराको आयोजनामा पुस १३ देखि १७ गते सम्म १९ औ संस्करणको सडक महोत्सव हुँदैछ। ‘सडक मै खाऊँ सडमै रमाऊँ’ भन्ने नाराका साथ हुन गइरहेको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले लेकसाइडका प्राय रुम बुक भइसकेको भुजेलले जानकारी दिए।

क्रिसमसको क्रिसमसको क्रिसमसको

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्