कलर्सले ८ हजारमुनिको ‘पी ६५’ स्मार्टफोन

काठमाडौं- कलर्सले ‘पी ६५’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। कम्पनीले फोनको मूल्य ७ हजार ९९५ निर्धारण गरिएको छ।

फोनमा ५ इन्चको आइपीएस डिस्प्ले, डियाटेक एमटी ६५८० एमको चिपसेट तथा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर र एन्ड्रोइड नोगट ७.० भर्सनको अपरेटिङ सिस्टम रहेको छ।

फोरजी सँगै फोनमा १ जीबी र्याम र ८ जीबीको इन्टरनल स्टोरेज क्षमता छ।

फोनले फिंगरप्रिन्ट सेन्सर सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

फोनमा पछाडितर्फ एलइडी फ्ल्याससहित ५ मेगापिक्सेलको रियर तथा सोही क्षमताको सेल्फी क्यामेरा छ।

३ हजार एमएएच क्षमताको ब्याट्री भएको फोन गोल्ड र ब्ल्याक गरी दुई रङ्ग भेरियन्टमा उपलब्ध छ।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्