प्रधानमन्त्री देउवा चितवनमा

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बिहान चितवन गएका छन्।

देउवा हात्ती महोत्सवको उद्घाटन गर्न चितवन गएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

परियारका अनुसार देउवा आजै बेलुका राजधानी फर्किने कार्यक्रम रहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि केही दिनदेखि चितवनमै छन्।

 

 

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्