गुजरातमा रूपाणीसहित २० मन्त्रीले लिए शपथ

अहमदाबाद-भारतको गुजरात राज्यमा मुख्यमन्त्रीको रूपमा मंगलवार विजय रूपाणी सहित २० मन्त्रीले शपथ लिएका छन्।

शपथग्रहणपूर्व उनी मन्दिर गएका थिए। यसअघि उनले उक्त पद नपाउने खबर आएका थिए।

भर्खरै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीको सिट घटेको आरोपमा उनलाई मुख्यमन्त्री नदिइने अड्कलबाजी गरिएका थिए।

अन्तिममा भाजपाले उनैलाई नै गुजरातको जिम्मेवारी दिएको छ। शपथग्रहण समारोहमां भारतीय प्रधानमन्त्री नरेंद्र मोदी, भाजपा अध्यक्ष अमित शाह, कैयौँ केन्द्रीय मन्त्रीका साथै भाजपा गठबन्धन शासित राज्यका मुख्यमन्त्रीहरू सहभागी थिए।

उपमुख्यमन्त्री नीतिन पटेलले मुख्यमन्त्री रूपाणीसँग शपथ लिनेछन्। मुख्यमन्त्रीले १९ जनाको मन्त्रिमण्डल बनाउने भएका छन्।

क्याबिनेट मन्त्रीमा आर सी फलदू, भूपेन्द्रसिंह चुडासमा, कौशिक पटेल, गणपत वसावा, जयेश राधडि़या, दिलीप ठाकोरले शपथ लिएका छन्।

यस्तै राज्‍यमन्त्रीमा परबत पटेल, प्रदीपसिंह जडेजा, पुरुषोत्तम सोलंकी, वासन भाई आहिर, ईश्वरसिंह पटेल, कुमार कानानी, विभावरी दवे, बचु खाबड़, रमण पाटकर, ईश्‍वर परमार, जेद्रथसिंह परमार सथप लिएका छन्।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्