चितवन टाइगर्स चार विकेटले पराजित

काठमाडौँ-राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।

सो जीतसँगै भैरहवा लिग चरणको एक खेलअगावै प्ले अफ चरणमा प्रवेश गरेको छ । सो हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले भैरहवालाई ८८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

भैरहवाका लागि पुनित मेहराले सर्वाधिक ३० रन जोडे भने रोहितकुमार पौडेल २०, भूपेन्द्र थापा १३, कृष्ण कार्की ९ तथा कप्तान शरद् भेषवाकरले ८ रन जोडे।

चितवनका दीपेन्द्रसिंह ऐरी र शाहव आलमले २–२ विकेट लिए भने कमलसिंह ऐरी र प्रवीण गुप्ताले १–१ विकेट झारे ।

पहिले ब्याटिङ गरेको चितवनले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो जुन प्रतियोगिताको सबैभन्दा सानो स्कोर हो।

कप्तान दीपेन्द्र र योगेन्द्रसिंह कार्कीले १५–१५ रन जोडे भने ललितसिंह भण्डारीले १३, आकाश थापा १०, प्रवीण ८ र दिलीप नाथले ४ रन जोडे।

भैरहवाका लागि शरद एक्लैले ३ विकेट लिए भने भुवन कार्की र हरिशंकर शाहले २–२ विकेट लिए । त्यस्तै कृष्ण कार्की र पुनितले १–१ विकेट झारे।

यो पनि हेर्नुहोस्:

र्इपिएलमा नेपाली खेलाडीमाथि विदेशी हाबी

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्