काठमाडौं आइपुगे प्रचण्ड

काठमाडौं – नेकपा (एमाओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मंगलबार अपराह्न काठमाडौं आइपुगेका छन्।

मंगलबार दिउँसो चितवनमा आयोजना भएको कार्यक्रम सकेर उनी काठमाडौं आइपुगेको उनका स्वकिय सचिव जोगबहादुर महराले बताएका छन्।

दाहाल काठमाडौं फर्केसँगै उनी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने सम्भावना बढेको छ।

राष्ट्रिय सभा गठन प्रक्रियामा विवाद चलिरहँदा प्रचण्ड केही दिनयता गृहजिल्ला चितवनमा विभिन्न कार्यक्रममा व्यस्त थिए।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्