भैरहवाको कमजोर ब्याटिङ

काठमाडौं-राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर वारियर्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको भैरहवा ग्लाडियटर्स संकटमा परेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको भैरहवाले ९ ओभरमा चार विकेट गुमाएर २९ रन जोडेको छ।
भैरहवाका भुपेन्द्र थापा दुई, राहुल यादब सात, शरद भेषावकर आठ, र रोहित पौडेल ६ रनमा आउट भए।
विराटनगरका बलर सहन अप्पुहामीले दुई तथा बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे। यस खेलको विजेता फाइनल पुग्नेछ।
यो पनि हेर्नुहोस्:
हङकङका हायात भैरहवालाई निराश बनाउँदैं