दबाबबीच विराटनगरविरुद्ध भैरहवाको आक्रमण

काठमाडौं–मध्यक्रमका आरिफ शेख र पुनित मिश्राले उत्कृष्ट ब्याटिङ गरेपछि एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियसलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको भैरहवाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो।
२७ रन जोड्दा चार विकेट गुमाएको अवस्थामा विकेटकिपर आरिफ र पुनितले गतिलो साझेदारी गरे। आरिफले ४६ र पुनितले ४९ रन बनाए।यी दुईबीच पाँचौं विकेटका लागि ८२ रनको साझेदारी भएको थियो।
आरिफले ३५ बलमा तीन छक्का र एक चौका प्रहार गरे। अबिनाश कर्णले आरिफको विकेट लिँदें उक्त बलियो साझेदारी तोेडेका थिए। पुनितले ३४ बलमा तीन छक्का र तीन चौका हिर्काए।
सुरुको नौ ओभरमा केवल २९ रन जोडेको भैरहवाले त्यसपछि दबाबबीच आक्रामक बनेको थियो। भैरहवाका भुपेन्द्र थापा दुई, राहुल यादब सात, शरद भेषावकर आठ, र रोहित पौडेल ६ रनमा आउट भए।
विराटनगरका बलर सहन अप्पुहामीले दुई तथा बसन्त रेग्मी, करण केसी, अविनाश कर्ण र पारस खड्काले एक एक विकेट हात पारे। यस खेलको विजेता फाइनल पुग्ने छ।