दाइको आक्रमण, भाइ डकआउट

काठमाडौं–मध्यक्रमका आरिफ शेख र पुनित मिश्राले उत्कृष्ट ब्याटिङ गरेपछि एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियसलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको भैरहवाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

२७ रन जोड्दा चार विकेट गुमाएको अवस्थामा विकेटकिपर आरिफ र पुनितले गतिलो साझेदारी गरे। आरिफले ४६ र पुनितले ४९ रन बनाए।

यी दुईबीच पाँचौं विकेटका लागि ८२ रनको साझेदारी भएको थियो। आरिफले ३५ बलमा तीन छक्का र एक चौका प्रहार गरे।

अबिनाश कर्णले आरिफको विकेट लिँदें उक्त बलियो साझेदारी तोेडेका थिए।

पुनितले ३४ बलमा तीन छक्का र तीन चौका हिर्काए। सुरुको नौ ओभरमा केवल २९ रन जोडेको भैरहवाले त्यसपछि दबाबबीच आक्रामक बनेको थियो।

भैरहवाका भुपेन्द्र थापा दुई, राहुल यादब सात, शरद भेषावकर आठ, र रोहित पौडेल ६ रनमा आउट भए।

विराटनगरका बलर सहन अप्पुहामीले दुई तथा बसन्त रेग्मी, करण केसी, अविनाश कर्ण र पारस खड्काले एक एक विकेट हात पारे। यस खेलको विजेता फाइनल पुग्ने छ।

यसैबीच विराटनगरले प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखलाई शुन्यमा गुमाएको छ । आसिफ भैरहवाका आरिफ शेखका भाई हुन्।

आसिफलाई हरिंशकर शाहले बोल्ड आउट गरेका हुन्। विराटनगरले एक ओभरको समाप्तीमा चार रन रन जोडेको छ।

यो पनि हेर्नुहोस्:

हङकङका हायात भैरहवालाई निराश बनाउँदैं

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्