बालकोटमा भेट्दैछन् ओली-दाहाल

फाइल फोटो
काठमाडौं- मंगलबार अनिश्चयमै टुंगिएको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबचीको भेट ओली निवास बालकोटमा बुधबार हुने भएको छ।
एमाले निकट स्रोतका अनुसार दाहाल-ओली भेट हुने तय भए पनि कतिबेला भेट्ने समय टुंगो लागेको छैन।
भेटमा राष्ट्रिय सभा गठन, सरकार गठन लगायतका विविध विषयमा केन्द्रित हुने भएकाले यो भेटलाई महत्वका साथ लिइएको छ।
केही समयदेखि वाम गठबन्धनका शीर्ष नेताहरूबीच भेटघाट सम्म पनि नहुँदा गठबन्धनकै भविष्यबारे अनेक अड्कलबाजी हुन थालेको छ।