अमेरिकामा आगलागीले ३५ अपार्टमेन्ट सखाप

वासिङटन– अमेरिकाको ह्युस्टनमा आगलागीबाट ३५ वटा अपार्टमेन्ट जलेर खरानी बनेका छन् ।
मंगलबार साउथ ह्युस्टनमा उक्त आगलागी भएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको छ।
६ घण्टा लामो प्रयासपछि अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका थिए।
उक्त आगलागीका कारण ५० जनाले घर छोडेर भागेको रेडक्रस सोसाइटीले जानकारी दिएको छ।