ललितपुरद्धारा एक सय ३९ रनको लक्ष्य

काठमाडौं–एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटअन्तर्गत जारी एलिमिनेटर खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको ललितपुरले सन्नी पटेलको ३८,शंकर रानाको ३४ र जयकिशन कोल्सावालाको २८ रनको मदतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३८ रन जोड्यो।

यस खेलको विजेताले दोस्रो एलिमिनेटरमा भैरहवा ग्लाडियटर्सको सामना गर्ने छ । उक्त खेलको विजेता फाइनल पुग्ने छ।

यो पनि हेर्नुहोस्:

पोखरालाई हराउँदै ललितपुर क्वालिफायरमा

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्