आईफोनलाई स्लो बनाएको पुष्टि भएपछि एप्पलले माग्यो माफी

न्युयोर्क-आईफोनलाई स्लो गराएकोमा एप्पलले माफी मागेको छ। आईफोनको नयाँ संस्करण आउनासाथ एप्पलले पुराना संस्करणका प्रोसेसर ढिलो गराएको आरोप पुष्टि भएपछि उसले माफी मागेको हो।

यसअघि एप्पलले यसलाई अस्वीकार गर्दै आएको थियो। उसले लिथियम इयानबाट बनेको ब्याट्रीवाला पुराना आईफोन चलिरहेका बेला उसले यस्तो गर्दै आएका थिए। अब उसले ब्याट्री बदल्न तयार भएको बताएको छ।

सन् २०१८ मा एउटा यस्तो सफ्टवेयर ल्याउनेछ र यसबाट आईफोन प्रयोगकर्ताले आफ्नो फोनको ब्याट्रीको अवधिमा विचार गर्न पाउनेछन्। आफ्नो नयाँ फोनको बिक्री बढाउन एप्पलले पुरानो फोनलाई ढिलो चल्ने बनाएको दाबी आईफोन प्रयोगकर्ताले गर्दै आएको थियो। यसबाट कम्पनीको आलोचना हुन थालेको थियो।

यसै विषयलाई लिएर आफूविरुद्ध ८ वटा मुद्दा दायर गरिएको एप्पलले स्वीकार गरेको छ। एप्पलले वारेन्टी सकिएका ब्याट्रीको मूल्य ७९ अमेरिकी डलरबाट २९ डलरमा झार्ने पनि निर्णय गरेको छ। यद्यपि यो छुट आईफोन–६ र त्यसपछि आएका फोनमा मात्र लागू हुनेछ। साथै प्रोसेसरको ज्यादा ब्याट्री रोक्न आईफोन ६, ६ एस र एसईका लागि नयाँ फिचर जारी गरेको छ।

कम्पनीले भनेको छ, ‘एप्पलमा उपभोक्ताको भरोसा नै हाम्रा लागि सर्वस्व हो। हामी यो लक्ष्यबाट कहिले पनि भड्कने छैंनौं।’

एप्पलले फोन ढिलो भएको स्वीकार गर्दै लिथियम इयान ब्याट्रीमा यस्तो हुनु स्वभाविक भएको दाबी गरेको थियो। पुरानो ब्याट्रीले पूर्ण क्षमतामा काम गर्न नसक्ने भनाइ राख्दै आएको थियो।

पुस १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्