२०१७ का याद र २०१८ का अठोटहरु

वर्षको सूर्यास्त त्‍यसमा घटेका घटनालाई स्मरण गर्ने अवसर पनि हो। कृतज्ञ हुनुपर्ने र अनुभवबाट सिक्‍नुपर्ने, अनि के राम्रा भए अनि केमा अझ राम्रो गर्न सकिन्थ्यो, अनि त्‍यसबारे सोच्‍ने। बितेको वर्षलाई स-सम्मान बिदाइ गर्ने र आउँदो वर्षको स्वागतमा स्पष्टता र थप उत्साहसाथ अगाडि बढ्‍ने प्रयास र प्रस्तावना हो यो मेरो।

जीवन यात्राप्रति एकदमै सन्तुष्ट हुनु हुँदैन भन्‍ने मेरो मान्‍यता हो। सधैँ आफूलाई सुधार गर्न हाम्रो प्रयास जारी रहनुपर्छ। आफैँलाई सुधार गर्ने यो यात्रालाई हलुकोपन, सहजता र खुशीसाथ अगाडि बढाउनुपर्छ।यही उमङ्गसाथ मेरो अहिलेसम्‍मको यात्राको मूल्‍यांकन गर्ने प्रयास हो यो।

कत्तिले जीवनयात्रालाई उकालीओरालीका ग्राफका रुपमा हेर्न रुचाउँछन्। म मेरा लागि महत्व राख्‍ने विषयलाई पृथक-पृथक रुपमा हेर्न रुचाउँछु। यसले स्पष्टतालाई बढावा दिन्छ र मेरा भावी योजना र लक्ष्यबारे द्विविधाबाट मुक्त गराउँछ मलाई।

सम्यक स्वास्थ्य

पाँच वर्षयता क्‍यान्सरमुक्त जीवनका कारण म भावविभोर छु। मेरा डाक्टर र नर्सका टिम, परिवार, साथीहरु र यो यात्रामा जोडिएका सबैप्रति म कृतज्ञ छु। यो सञ्‍जालको सहयोगबिना आजको दिन देख्‍न मेरा लागि सम्भव थिएन।

पाँच वर्षको यो यात्राको उद्देश्‍य स्वास्थ्य लाभ गर्नु अर्थात भौतिक कायासँगै मस्तिष्क र चेतना (स्पिरिट)को कुशलता हासिल गर्नु हो।त्‍यसबाट एक कदम अघि बढेर शरीरको आकृतिप्रति केन्द्रित हुने अवसर पनि हो यो।

वर्षको सूर्यास्त
कैलाशमा घाेडामा यात्रा गर्ने क्रममा मनीषा।

कलाकार भएको नाताले शारीरिक तन्दुरुस्तीको एउटा अवस्थाले मलाई थप चुनौतीपूर्ण भूमिका र अवसर उपलब्ध हुने नै छ। म त्‍यसबारे आशावादी छु, आउँदा दिनमा।

चुनौती र बाधाहरुबाट विचलित हुनु नपरोस्। त्‍यसको सामना गर्ने शक्तिको प्राप्ति पनि मेरो चाहना हो। ममा अर्जुनदृष्टि छ, म लक्ष्‍यकेन्द्रित छु।तर, कहिलेकाहिँ काममा ढिलाइ गर्न पुग्दा आत्मविश्‍वासमा चोट पुगेको मैले अनुभूति गरेकी छु।

अन्तत: सबै राम्रै भएको छ।तर पनि अब अब उपरान्त कुनै पनि चुनौतीलाई बढी स्पष्टता र दृढताका साथ सामना गर्ने निर्णय मैले गरेकी छु।

सम्बन्धहरु

सम्बन्धका लागि निरन्तर प्रयास आवश्‍यक हुन्छ। एकअर्कालाई स्वीकार गर्न प्रयास जारी राख्नुपर्छ हामीले। एकअर्का विरुद्ध सिकायत गर्ने, एक अर्कोलाई ठेगान लगाउने या तत्काल कसैकाबारे निर्णयमा पुग्‍ने पनि गर्नु हुँदैन। एक अर्कालाई त्‍यही रुपमा स्विकारौँ र माया गरौँ।

वर्षको सूर्यास्त
मनीषा परिवारका सदस्यका साथ।

 

२०१७ मा अधिकांश समय काठमाडौंमा बिताउँदा परिवारसँग सामिप्य र घनिष्टता बढाउने अवसर पाएँ मैले।आमासँग हरिद्वार यात्रा र नेपालभित्रका दृश्यावलोकनहरु अत्‍यन्त सुखद अनुभूतिका स्रोत बनेका छन्। आउँदो वर्ष मेरा पुराना मित्रहरुसँग सम्पर्कका लागि बढी समय निकाल्‍ने मेरो अठोट छ।

सम्बन्धका लागि निरन्तर प्रयास आवश्‍यक हुन्छ। एकअर्कालाई स्वीकार गर्न प्रयास जारी राख्नुपर्छ हामीले। एकअर्का विरुद्ध सिकायत गर्ने, एक अर्कोलाई ठेगान लगाउने या तत्काल कसैकाबारे निर्णयमा पुग्‍ने पनि गर्नु हुँदैन। एक अर्कालाई त्‍यही रुपमा स्विकारौँ र माया गरौँ। सबैलाई म भद्र रुपमा भन्‍न चाहन्छु कि नयाँ वर्षमा मेरो प्रयास यो पनि हुनेछ।

म पहिले बोल्‍न हिच्किचाउने गर्थे, मलाई थाहा छ। अब भने म के बोल्‍ने भन्‍नेबारे सधैं सचेत रहनेछु।

व्‍यावसायिक जीवन

मेरो काम मेरो जीवनसँग जोडिएको अभिन्‍न पक्ष हो। उमेर बढ्‍दै जाँदा र परिपक्‍वता थपिँदै जाँदा यसको महत्व अझै बढ्‍न जान्छ। यसले फरक आकार र अवस्था लिन सक्छ, तर त्‍यो जीवनको एउटा महत्वपूर्ण पक्ष रही नै रहन्छ। यस वर्ष मैले ‘मोटिभेसनल स्पिकर’को जिम्‍मा पनि लिएकी छु।

सिनेमातर्फ गएको वर्ष बढी रोचक बन्‍न पुग्‍यो।’डियर माया’ को रिलिजदेखि दीवाङ्कर बनर्जीको ‘बम्‍बे टकीज टु’, एआर रहमानको पहिलो प्रयास ‘नाइन्टिनाइन सङ्ग्स’ मा अभिनय र राजकुमार हिरानीको फिल्‍ममा नरगिस दत्तको भूमिकाले मलाई निक्‍कै सन्तुष्टि दिएका छन्।त्यस्तै एनआइसी एसिया बैंकसँग पनि सहकार्य गरेकी छु।

२०१७ मा थुप्रै ठाउँमा वक्ताका रुपमा सहभागी भएँ, हिन्दुस्तान कम्प्युटर लिमिटेड, एपोलो अस्पताल लगायत केही प्रतिष्ठित संस्थाहरुमा।यस्तै सरकारको अग्रसरतामा महिला सांसद फोरम लगायतका मञ्‍चहरुलाई पनि सम्बोधन गरेँ।तर अत्यन्तै ठूलो अवसर ‘टेड टक’ले दियो।विभिन्‍न उद्योगधन्दाका व्‍यक्तित्वहरुसँग अन्तरक्रियाको अवसर यसले जुटाइदियो। निश्‍चय नै त्‍यो असाध्‍य महत्‍वपूर्ण अनुभव साबित भयो।

अन्तमा, दादासाहेब फाल्के अवार्ड र नवभारत

 

टाइम्सबाट सम्‍मान पाउनु बितेको वर्षमा मेरा लागि महत्वपूर्ण उपलब्धि थिए। 

लोक कल्‍याण

हरेक वर्ष म घोत्लिने गरेकी छु; के म गएका ठाउँहरुमा या त्‍यहाँका समुदायका जीवनमा मैले केही फरक पारेकी छु त? काठमाण्डौमा, बागमती नदीको सफाइ धुमधामले भइरहेको छ, धेरै गर्न बाँकी नै छ, तर प्रारम्भिक नतिजा त देख्‍ने गरी हासिल भएकै छ नि।त्यस्तै भक्तपुर असपतालमा क्‍यान्सर विरुद्धको सचेतनामा र जावलाखेलस्थित सेन्टमेरिज स्कुलका होनहार छात्राहरुसँगको भेटघाटमार्पत

 

उठाइएका कदमले पनि कम महत्व राख्‍दैनन्।

यस्तै कदमहरु दिल्‍लीमा ‘वाक फर लाइफ क्‍यान सपोर्ट’ र मुम्बइमा नरगिस दत्त फाउन्डेसनले क्यान्सरविरुद्धको अभियानका रुपमा आयोजना गरेको ‘माइ हेयर क्‍यान्सर इभेन्ट’मा सहभागी भएँ। हरेक पल्ट लोक कल्‍याणकारी यात्रा कार्यक्रम आयोजना हुँदा लाग्छ कि जति धेरै दान तपाईँले दिए पनि त्‍यो भन्दा धेरै फाइदा पाएको अनुभव र अनुभूति हामी गर्छौ। आशा गर्छु कि सन् २०१८ ले यस्ता अनुभव हासिल गर्न पाइने बढी अवसर जुटाउने छ, हाम्रा लागि।

अर्थ

अर्को एउटा विषयमा प्रवेश गर्न चाहन्छु। त्‍यो हो पैसा सँगको मेरो सम्बन्ध। खाली बैंक अकाउन्ट खोल्‍नु भन्दा पनि केही ऊर्जा पैदा गर्ने उद्देश्य हो यसको।

 

हाम्रा कमाइ उचित कामहरुसँग जोडिएका हुन्छन्। सोचीविचारी अर्जिएको त्‍यो पूँजीले आत्‍मविश्‍वास निर्माण प्रक्रियामा सघाउ पुर्‍याउँछ। आउँदो वर्षमा म यो ऊर्जाप्रति बढी सम्‍मान देखाउनेछु। अहिलेको संचित रकम र खर्चबारे बढी सचेत बनेर।

यात्रा

वर्षको सूर्यास्त
चितवन राष्ट्रिय निकुञ्ज मनीषाकाे क्यामेरामा।

सन् २०१७ वास्तवमा चाखलाग्दा अनुभवहरुको संगालो थियो। नेपालको कुनाबाट सुरु गर्दा काठमाडौं आरामदायी शहर हैन, खासगरी प्रदूषण र भीडका हिसाबले।तर त्‍यहाबाट दुईघण्टा मात्रै टाढा अत्‍यन्तै सुन्दर पहाडहरु छन्। मनमोहक बुढानीलकण्ठ- बागद्वार उकालो पनि नजिकै छ। बाक्‍लो जंगल, त्‍यहाँभित्र जंगल सफारी, हात्ती सवार, डुंगेयात्रा र रमाइलो सूर्यास्त काठमाडौं नजिकैको चितवन राष्ट्रिय निकुञ्‍जका नियमित परिदृश्‍य हुन्। प्रकृतिसँगको यस्तो निकटता अत्यन्त दुर्लभ हुन्छ अन्यत्र।

कैलाश यात्रा अविश्‍यमरणीय रह्‍यो। मेरा अहिलेसम्मका सबैयात्रा मध्ये यो सर्वाधिक र सुखद थियो। केही आध्यात्मिक र रहस्यात्मक पक्ष पनि छन् त्‍यसका। आकर्षण अर्को पक्ष हो त्‍यो यात्राको। वास्तवमा कम बुझिएको, कम भनिएको र बयान गर्न नसकिने यात्रा थियो त्यो, जसलाई अनुभव मात्र गर्न सकिन्छ।

आफूलाई वातावरण अनुकूल बनाउन सुरुमा ल्‍हासामा बस्यौँ र त्यसपछि कैलाश पर्वततर्फ लाग्यौँ। धेरैजसो घोडामा यात्रा गरेँ र अन्तिम दिन मात्र पैदल हिँडे। यसले साँच्चि नै शान्ति र आनन्द दियो मलाई।

हामी समूहमा थियौँ, तर एक्‍लैएक्लै पनि थियौँ, मौनतासाथ आफ्‍नै अनुभूतिमा मग्‍न।ऊर्जाको अनुभूति रोमाञ्‍चकारी थियो।

वर्षको सूर्यास्त
कैलाश यात्राका क्रममा खिचिएको तस्बिर।

स्वास्थ्य सुविधा र शौचालयको अवस्था, फोहोर अनि सम्भवत: अरुले प्रयोग गरेका ओछ्यानले केही असहजपन ल्‍याए सुरुसुरुमा। मैले अप्ठ्यारै महसुस गरेँ। तर, कैलाशजस्तो पवित्र स्थलको आफ्नै शक्ति हुन्छ।शारीरिक र मानसिक असहजतालाई पछाडि छोड्न त्यसले सहयोग पुर्‍याउँछ।यो कठिनाइबाट मुक्ति पाएपछि मैले अनुभव गरेँ। अब यस्ता कठिनाइले खासै अर्थ राख्दैनन्। ईश्वर कृपा भएमा म एकदुई साताका लागि फर्कनेछु अर्को वर्ष र ध्यानमार्फत त्यहाँका केही ऊर्जा हासिल गर्ने प्रयास गर्नेछु।

वर्षको सूर्यास्तआमासँग हरिद्वार यात्रा, गंगा किनारमा ध्यान अनि डेनमार्क तथा पोल्याण्डकी मेरी सखा आइशासँगको गोवा यात्रा पहिलो फिल्म फेस्टिभलका लागि, अनि ‘दत्त बायोपिक’को सुटिङका लागि राजकुमार हिरानीको फिल्म युनिटसँगको केपटाउन यात्रा त्यत्तिकै महत्वपूर्ण रह्यो। ती ठाउँहरुका आ-आफ्ना सौन्दर्य र यात्राको मज्जा र रमाइलो संगतिले हाम्रा खुस दोब्बर भएको थियो। नयाँ वर्षमा यात्राको यो सिलसिला अवश्‍य जारी रहनेछ केही अज्ञात ठाउँहरु पत्ता लगाउने र विविध संस्कृति, इतिहास र जीवन पद्धति बुझ्‍ने मेरो चाख बढ्दो छ।

नयाँ वर्षमा यात्राको यो सिलसिला अवश्‍य जारी रहनेछ केही अज्ञात ठाउँहरु पत्ता लगाउने र विविध संस्कृति, इतिहास र जीवन पद्धति बुझ्‍ने मेरो चाख बढ्दो छ।

बितेको वर्षको मेरो समीक्षा यही हो। म आशा गर्छु कि आउँदो वर्ष त्‍यतिकै घटनापूर्ण रहनेछ र थप सिक्‍ने, बढ्‍ने अवसर दिनेछ मलाई, मेरो सन्तुष्टि थप्दै।

म मेरा प्रिय पाठकहरुबाट पनि सुन्‍न चाहन्छु; तपाईँहरुको २०१७ को अनुभव कस्तो रह्‍यो ? र, २०१८ का लागि के अठोट छन् तपाईँका?

बुबाअामाका साथ मनीषा।

वर्षको सूर्यास्त

twitter: 

पुस १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्