चिसोमा श्वासप्रश्वाससम्बन्धी रोगबाट कसरी बच्ने?

डा. पंकज देव।

काठमाडौँ-अचाक्ली धुलोधूँवासँगै बढ्दो चिसोले बुढाबुढीदेखि कलिला बालबालिकासम्म श्वासप्रश्वाससम्बन्धी रोग (अपर रेस्पाइरेट्री इन्फेक्सन) बाट ग्रसित हुन थालेका छन्।

धुलोधूँवा कुहिरीमण्डल बन्दै गएको वातावरणमा दैनिकी गुजार्नुपर्ने बाध्यता उपत्यकाबासीलाई छ। चिकित्सकले यस्तो वातावरणमा श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्न व्यक्ति स्वयमले सावधानी अपनाउनुको विकल्प नभएको बताउन थालेका छन्।

घाँटी खस्खसाउने, खोकी लाग्ने, श्वाप्रश्वासमा कठिनाइ आउने, मन्द ज्वरो आउने जस्ता लक्षण देखिने यो रोगबाट कसरी बच्ने? थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका छातीरोग विशेषज्ञ चिकिसक डा. पंकज देवका केही महत्वपूर्ण सुझाव:

०० मुख छोपिने गरी बाक्लो मास्क लगाउने
०० घाँटीलाई न्यानो राख्ने
०० दिनभर काम गरेर घर फर्कनेले साधारण तातोपानीको बाफ लिने
०० मनतातो र झोलिलो पदार्थ खाइरहने
०० धूमपान नगर्ने र धूमपान गर्नेको नजिक नबस्ने
०० शारीरिक अभ्यास सकेसम्म घरभित्रै गर्ने
०० असजिलो महसुस भएमा स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श लिने
०० छातीलाई चिसोबाट जोगाउन बाक्लो कपडा लगाउने

पुस १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्