सत्ता हस्तान्तरण सहज बनाऊ-बाम गठबन्धन

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित शीर्ष दलका नेताहरु। तस्बिर-दीपा दाहाल/देश सञ्‍चार

काठमाडौं-निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउबाले बाेलाएकाे पहिलाे सर्वदलीय बैठकमा बाम गठबन्धनले सत्ता हस्तान्तरणलार्इ सहज बनाउन सत्ता पक्षलार्इ अाग्रह गरेकाे छ।

बैठकमा प्रधानमन्त्री देउवालार्इ राष्टि्य सभाकाे  निर्वाचन तत्काल ताेक्न र दुरगामी असर पार्ने नीतिगत निर्णय नगर्न अाग्रह गरेकाे एमाले नेता भीम रावलले जानकारी दिए।

प्रधानमन्त्री देउवाकाे बालुवाटारस्थित सरकारी  निवासमा सम्पन्न बैठकमा का‌ग्रेस नेता रामचन्द्र पाैडेलले प्रदेश प्रमुख र राजधानी तोक्नेबारे प्रतिपक्षी दलहरुलार्इ जानकारी गराइएकाे बताए।

बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेता बैठक सहभागि थिए ।

प्रधानमन्त्रि देउबा, माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता विजयकुमार गच्छदार, नेपाली का‌ग्रेसका महामन्त्री शशा‌क काेइराला, एमाले नेता भिम रावललगायतकाे उपस्थिती थियाे। अस्वस्थताका कारण एमाले अध्यक्ष केपी शर्मा अाेली भने बैठकमा सहभागी थिएनन्।

यो पनि हेर्नुहोस्:

सत्ता हस्तान्तरण रोक्न देशी-विदेशीको षडयन्त्र:ओली

‘सत्ता हस्तान्तरण गर्न आतुर छु’

पुस २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्