कसरी बच्ने रेबिजबाट?

डा. अनुप बास्तोला। तस्बिर: दीपा दाहाल

काठमाडौँ- कुकुर, स्याल जस्ता जनावरको टोकाइले रेबिज भएर धेरै मानिसको ज्यान जाने गरेको छ। टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा रेवि विरुद्धको खोप लगाउनको दैनिक ठूलै भिड लाग्ने गरेको छ।

सामान्यतया: रेबिज भएका बिरामी हावा पानीसँग डराउने,खान असहज मान्ने गर्छन्। कतिपय बिरामीमा हात खुट्टा राम्रोसँग नचल्ने लक्ष्णहरु देखिन्छन्। अस्पतालका कन्सल्टेन्ट मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाका केही महत्वपूर्ण सुझाव ।

१) घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने।

२) घरपालुवा जनावरलाई रेबिज विरुद्धको खोप लगाउने।

३) त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने।

४) रेबिज बिरुद्धको खोप लगाउने।

५) कुकुरलाई नजिस्क्याउने। उसले खाना खाइरहेको र बच्चालाई दूध चुसिरहेका बेला नचलाउने।

७) कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन।

८) टोकेपछि १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हुने गरेकाले त्यसबारे सचेत हुने।

यो पनि हेर्नुहोस्:

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

रेविजबिरुद्धको आधुनिक खोप उपत्यका बाहिर पनि

पुस २०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्