महोत्तरीमा कठ्याङ्ग्रिएर दुईको मृत्यु

जनकपुरधाम- महोत्तरीमा अत्यधिक जाडोले कठ्यांग्रिएर २ जनाको जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका ६ रतौली बस्ने ६० वर्षका नथुनी साह र महोत्तरी गाउँपालिकाका २८ वर्षीया सुधोदेवी पासवान छन्।

बुधबार विहानको अत्यधिक चिसोले कठ्यांग्रिएर नथुनीको मृत्यु भएको छिमेकी रामराजा महतोले जानकारी दिए।

चिसोको कारण यसअघि सोमबार महोत्तरीकै महोत्तरी गाउँपालिका १ सोनुखडा बस्ने २८ वर्षकी सुधोदेवी पासवनको घरनजिकको पोखरीमा नुहाउन गएको बेला कठ्यांग्रिएर मृत्यु भएको थियो।

यो पनि हेर्नुहोस्:

जाडोले बाराको दलित बस्ती प्रभावित , न्‍यानो कपडा अभाव

जाडोले कठ्याङग्रिएर एकको मृत्यु

पुस २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्