पार्किङमा राखेको बसमा अचानक आगलागी

पोखराको जिरो किलोमिटमा रोकेर राखेको टुरिष्ट बसमा एक्कासी आगो लागेपछि निभाउन पुगेका सेना। तस्बिर-जमुना बर्षा शर्मा

कास्की-पोखराको जिरो किलोमिटमा रोकी राखेको बसमा एक्कासी आगो लागेको छ।

रोडवेज ट्राभल्सको बेनी काठमाडौं गर्ने ना ५ ख ७२०४ नम्बरको सो बस झण्डै १ महिनादेखि सो स्थानमा पार्किङमा रहेको स्थानीयले बताए।

प्रत्यक्षदर्शीका अनुसार बसको सिट भित्रबाट फुसफुस धुँवा निस्किएको र आगलागी भएको हो।

घटना लगत्तै सो स्थानमा दमकल पुगेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीपनि घटना स्थल पुगिसकेका छन्।

आगलागिबाट बस भित्र पूर्ण क्षति भए पनि त्यस बाहेक थप क्षति हुनबाट जोगिएको छ।

लामो समय देखि सो स्थानमा पार्किङ किन गरिएको र के कारणले आगलागी हुन पुग्यो सो बारेमा अनुसन्धान पछि थाहा हुने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव थापाले बताए।

यो पनि हेर्नुहोस्:

धनगढीमा बस दुर्घटना, दुईको मृत्यु

पुस २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्