उडान रद्द भएपछि गाडीबाटै काठमाडौं आउँदै दाहाल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माको स्वास्थ्य परीक्षणका लागि २६ गते निर्धारित बैंकक यात्रा भन्दा पहिले नै पार्टी एकता र सरकार गठनका लागि आवश्यक बैठक अनिवार्य बस्‍नु पर्ने भएपछि ओलीलाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल सडक मार्गबाट काठमाडौं तर्फ प्रस्थान गरेका छन्।

केही दिनदेखि गृहजिल्ला चितवनमा रहेका दाहाल शनिबार काठमाडौँ आउने तयारीमा थिए। तर, मौसमका कारण चितवन-काठमाडौँ उडान रद्द भएपछि त्‍यसको भोलिपल्ट उनी सडकमार्ग हुँदै काठमाडौं आउन लागेका हुन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार दाहाल सिधै ओलीलाई भेटन उनको निवास बालकोट जानेछन्। ‘आइतबार सम्भव नभए एकता संमायोजन समितिको बैठक सोमबार बस्‍नेछ,’ उनले भने।

यो पनि हेर्नुहोस्:

पार्टी एकताको सर्त तय भइसकेको छैन: दाहाल

नयाँ सरकार निर्माणमा सरकार र निर्वाचन आयोगको व्यवधान: दाहाल

पछाडि फर्कने पुल भत्काइसकेका छौँ: दाहाल

पुस २३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्