जुम्लामा राजधानी मागको आन्दोलन स्थगित

सुर्खेत– ६ नम्बर प्रदेशको राजधानी जुम्ला हुनुपर्ने माग राख्दै गत शुक्रबार शुरु भएको आन्दोलन स्थगित भएको छ। सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरेपछि सोमबारदेखि आन्दोलन स्थगित भएको हो।

६ नम्वर प्रदेश सभा सदस्यहरुसँग अनौपचारिक रुपमा राजधानीको वकालत गर्ने निर्णयसहित केही दिनका लागि आन्दोलन स्थगित गरिएको नागरिक समाज जुम्लाले जनाएको छ।

तत्काल अस्थायी राजधानी नतोक्ने भएपछि आन्दोलन सार्थक नहुने भन्दै स्थगित गरिएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले बताए।

राजधानीका लागि काठमाडौंमा नै चरणबद्ध आन्दोलन गर्ने जुम्लाका अगुवाहरुले बताएका छन्। नागरिक समाजले यसअघि जुम्लामा विरोध प्रदर्शन, राँके जुलुस, सिठ्ठी जुलुस, मोटरसाईकल ¥याली लगायतका दबाबमूलक कार्यक्रम गरेको थियो।

यो पनि हेर्नुहोस्..

दिपायलमा राजधानी माग्दै दिउँसै दीप प्रज्वलन

राजधानी माग्दै जुम्लामा निकालियो राँके जुलुस

पुस २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्