पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

बिहान ८ बजेर ४० मिनेटमा सर्वोच्च अदालतमा लगिएका डा. गोविन्द केसीसँग अहिले १ बजेर २० मिनेटमा बल्ल बयान लिन सुरु गरिएको छ।

केसी पक्षका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उनलाई २ नम्बर इजलास कक्षमा बल्ल बयान लिन सुरु गरिएको हो।

केसीको मुद्दाका लागि २ नम्बर इजलास तोकिएको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा उनको मुद्दा हेरिनेछ।

यो पनि हेर्नुहोस्..

केसी मुद्दाको इजलास तोकियो

केसीलाई अदालत परिसरमा असहज

क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?

डा. केसीलाई एम्बुलेन्समै अदालत लगियो

डा. भट्टराईले केसीलाई हिरासतमै भेटे, अनशन फिर्ता लिन आग्रह

केसी पक्राउमा प्रधानमन्त्री आक्रोशित: उनी फरार अपराधी हुन् र रातारात समातेर कस्टडीमा हाल्न?

माइतीघरमा भेला हुन थाले केसीका समर्थक, सुरक्षा व्यवस्था कडा

पुस २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्