सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन

सर्वोच्च अदालतअगाडि उपस्थित प्रदर्शनकारीलाई त्यहाँबाट हटाउँदै सुरक्षाकर्मी। तस्बिर: वर्षा शाह

सर्वोच्च अदालतमा मंगलबार दिउँसो डा. गोविन्द केसीको बयान जारी रहँदा अदालतबाहिर उनीसमर्थक विभिन्न समूहले उनलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्।

नेविसंघ प्राविधिक विद्यार्थीले उनको रिहाइको माग सर्वोच्च अदालतबाहिरै लगाएका छन् भने केसी समर्थकहरुले अदालतअगाडि लगातार दबाब प्रदर्शन गरिरहेका छन्।

डा. केसीको पक्षमा नाराबाजी गरेका विद्यार्थीहरुलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट हटाएको छ।

 

यो पनि हेर्नुहोस्:

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

डा. केसीका पक्षमा सडकबाट चर्किदै जनदबाब

केसी मुद्दाको इजलास तोकियो

पुस २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्