किस्ट अस्पतालको आन्दोलन अझै टुंगिएन

किस्ट अस्पतालमा आन्दोलनरत कर्मचारीहरु। तस्बिर: देशसञ्चार

काठमाडौँ- सेवा सुविधा वृद्धि माग गर्दैैै किस्ट मेडिकल तथा शिक्षण अस्पतालमा २८ दिनदेखि आन्दोलनरत कर्मचारी र प्रशासनबीच बुधबार भएको वार्ताबिना निष्कर्ष टुङ्गिएको छ।

आन्दोलनरत कर्मचारीले आफ्नो माग पूरा नभएसम्म काममा नफर्कने अडान लिएपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो।

वार्तामा अस्पताल व्यवस्थापनको नेतृत्व गरेका वरिष्ठ प्रशासक पक्षप्रसाद गैतमले कर्मचारीलाई आन्दोलन छाडी काममा फर्किएमात्रै माग सम्बोधन हुन सक्ने बताएका थिए। वार्ता असफल भएपछि अान्दाेलनरत कर्मचारीले आन्दोलन जारी रहने बताएका छन्।

कर्मचारीकाे आन्दोलनका कारण अस्पतालकाे अाेपिडी र आकस्मिक सेवा प्रभाबित बनेको छ। यसले कलेजकाे पढाइमा पनि समस्या भएकाे छ।

यो पनि पढ्नुहोस्…

किस्टमा आन्दोलन चर्कियो: प्रसूति पनि फर्काइए

किस्टको एमबीबीएस प्रवेश परीक्षा अवरुद्ध

पुस २६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्