को हुन् प्रदेश २ का प्रमुख कायस्थ ?

को हुन् प्रदेश २ का प्रमुख कायस्थ ?
+
-

जनकपुरधाम- प्रदेश नं. २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ महोत्तरी जिल्लाको सुगाा गाउँ निवासी हुन्।

संघीय समाजवादी फोरम महोत्तरीबाट समानुपातिकको सूचीमा रहेका कायस्थले कृषि मन्त्रालयमा सचिव पदमा समेत कार्य गरि सकेका छन्। कायस्थले २०५८ सालमा नेपाल सरकारबाट सेवा निवृत्त भएपश्चात नेपाल विद्युत प्राधिकरण र नेपाल इन्जिनियरिङ काउन्सिलको कार्यकारी सदस्यको भूमिका निर्वाह गरेका थिए। २०६४ सालमा उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।

दोस्रो मधेश आन्दोलनलमा तराई मधेशको पक्षमा वकालत गर्दै उनले २०६३ सालदेखि तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (हाल संघीय समाजवादी फोरम) को केन्द्रीय सचिव पद सम्हाल्दै राजनीतिमा जुटे।

रत्नेश्वर लाल कायस्थका बुवा लालकिशोर लाल त्यस गाउँका शिक्षक भएकोले उनले प्राथमिक शिक्षा महोत्तरीको जलेश्वरस्थित लक्ष्मी चन्द्र मुरारका (ल.च.मु.) उच्च माध्यमिक विद्यालयबाट हासिल गरे। वि.सं.२०१४ प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण कायस्थले काठमाडौँकाे त्रिचन्द्र कलेजबाट आईएससी गरे।

कायस्थले त्रिचन्द्र कलेजबाटै बिटेक. अनर्स प्रथम श्रेणीमा उत्तीर्ण गर्दै आईआईटी खडगपुर र इम्पेरियल कलेज, लण्डनबाट उच्चशिक्षा हासिल गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’