सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने

काठमाडौं–बलिउड सुपरस्टार सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ।

सलमानखान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरी हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन।

खानसहित नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्ग पनि सहभागी थिए।

खानको चन्द्रागिरी भ्रमणबारे थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

माघ ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्