जाडोमा छालालाई कसरी सुरक्षित राख्ने ?

काठमाडौं –गर्मी याममा भन्दा जाडोमा छाला धेरै चिलाउने गर्छ । यो समयमा छाला फुस्रो हुनुका साथै पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्ने भएकाले छाला फुस्रो हुने, चिलाउने तथा चाया आउने, छाला चिलाउने जस्ता समस्या बढी देखिने छाला रोग विशेषज्ञ डा. सुनिल शाक्यले बताए ।

जाडोमा सबै खाले छाला रुखो र सुख्खो हुने हुदाँ यो बेला विशेष ख्याल गर्नु पर्ने सुमेरु अस्पतालमा कार्यरत डा. शाक्य बताउँछन् । उनले भने ‘जाडोमा प्रायले पानि कम खान्छन जसले गर्दा पनि छालालाई नकारात्मक असर पर्दछ ।’

जाडो याममा छालालाई जोगाउन के गर्ने ?

  1. सकेसम्म तातो पानीले ननुहाउने । किनकी तातो पानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुन्छ । सके चिसो नभए मनतातो पानीले नुहाउनु राम्रो हुन्छ ।
  2. चाया बढी पर्ने समस्या रहेका व्यक्तिले आफूलाई उपयुक्त हुने एन्टी ड्यान्ड्रफ स्याम्पुले हप्तामा कम्तिमाा दुईपटक टाउको नुहाउने । नुहाउने क्रममा स्याम्फुले कपाल राम्रोसँग मसाज गरेर मात्रै पखाल्नु पर्छ ।
  3.  नुहाउने साबुनको छनौटमा ख्याल गर्ने । कडा खालको साबुनको सट्टा मोस्चराइजरयुक्त साबुनको प्रयोग गर्नु पर्छ ।
  4.  नुहाएपछि नरम कपडाले शरीर पुस्ने । तर धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन ।
  5.  जाडोमा छाला तुलनात्मक रुपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडी लोशन लगाउने ।
  6.  चिसो भएर भनेर पानी कम खाने गरिन्छ । सकेसम्म पानी धेरै पिउने नभए रसिलो फलफूल तथा झोलिलो खाना बढी खाने ।
  7.  बाहिर निस्कँदा हातमा ग्लोब्स, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने ।
माघ ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्