अब ‘नयाँ शैलीमा भूकम्प प्रतिरोधी घर’

भूकम्प प्रतिरोधात्मक घर बनाउन सिक्दै डकर्मीहरु। तस्विरः दशरथ घिमिरे/देश सञ्‍चार

दाङ-छोटेलाल चौधरी घर बनाउन डकर्मीको गर्छन्। उनले गारो र पिल्लरवाला दुबै घर बनाउछन् । घर बनाउन परम्परागत सीप प्रयोग गर्दै आएका उनी अब भुकम्प प्रतिरोधी घर बनाउन सक्ने भएका छन्।

‘गारो हाल्दा बिलयो बनाउन ठाउँ ठाउँमा बन्धन बनाउनु पर्ने रहेछ, बन्धन हाल्ने कुरालाई धेरै ध्यान दिईदैनथ्यो। अब भूकम्पबाट जोगिन सक्ने घर बनाउन हामिले पनि ध्यान दिन्छौं’उनले भने–‘घर बलियो भयो भने बल्ल भूकम्पबाट हुने जोखिम कम गर्न सकिन्छ, जीवन बिताउने घर बलियो हुनुपर्छ, घर मालिकलाई पनि यसै भनेर सम्झाउछु ।’

कम लागतमा घर बनाउन धेरैले चाहन्छन् । तर, परम्परागत रुपमा घर बनाउन लाग्ने खर्चमा थोरै लगानि थप गर्दा भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ। लमही नगरपालिकाका डकर्मीहरुलाई भुकम्प प्रतिरोधि घर वनाउन सीप प्रदान गरिएको छ । डकर्मीहरुलाई प्रदान गरिएको सिपले परम्परागत रुपमा घर वनाउदै आएकाहरुमा भूकम्प प्रतिरोधि घर वनाउने क्षमता हस्तान्तरण भएको हो ।

ईट्टा र सिमेन्टको गारोवाला र ईट्टा तथा सिमेन्टको पिल्लरवाला घर निर्माण गर्दा त्यसमा प्रयोग गरिने सामाग्रीले भूकम्परोधि वनाउन सकिने ईञ्जिनियर दिपु चापागाईंले जानकारी दिए । परम्परागत रुपमा गारो वाला घर वनाउदा सामान्य जग खन्ने र ईट्टाको गारो मात्रै लगाउने गरिएको थियो ।

यो घर भुकम्प प्रतिरोधात्मक मानिदैन । गारो वाला घरलाई भुकम्परोधि वनाउन जग वसाल्नुपर्छ, जगमा डिपिसि ढलान, कुना कुनामा ठाडो डण्डि बसाल्नु पर्छ । सिल वन्धन तीन ईन्चको ढलान गर्नुपर्छ । गारो लगाउदा तल देखि माथि सम्म दुई–दुई फिटमा कुना बन्धन गर्नुपर्छ ।

यस्तै पिलर वाला घर निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ। परम्परागत रुपमा पिल्लरवाला घर वनाउदा ठाडो डण्डिमा रिङ्ग वाँधदा एउटा मात्रै रिङ्ग ६–६ इन्चमा हाल्ने चलन थियो। तर, भुकम्पप्रतिरोधि घर वनाउन ठाडो डण्डिमा दुई वटा रिङ्ग प्रयोग गर्नुपर्नेछ।

चार चार ईन्चमा रिङ्ग बाध्नुपर्छ । ठाडो पिल्लरमा आठ वटा डण्डि प्रयोग गर्नु पर्ने हुन्छ । तर, अहिले सम्म चार वटा डण्डिको प्रयोग हुदै आएको थियो । अब डकर्मीहरुले भुकम्प प्रतिरोधात्मक घर बनाउन थालेका छन् ।

माघ ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्