सातै प्रदेशमा सपथ ग्रहण हुँदै, कुन प्रदेशको सपथ कहाँ?

काठमाडौं-पहिलो पटक निर्वाचित सातै प्रदेशस भालाई वैधानिकता दिन सम्बन्धित प्रदेश प्रशासनले तयारी पुरा गरेको छ। नवनियुक्त प्रदेश प्रमुखहरु आ-आफ्ना अस्थायी केन्द्रमा गई आईतबार(भोलि) प्रदेशसभा सदस्यहरुलार्ई सपथ खुवाउने औपचारिकतामा लागेका छन्।

प्रदेश प्रमुखहरुको सचिवालय र निवास सुनिश्‍चित भएसँगै सपथ कार्यक्रम थलोलाई सिंगार्ने काम पनि पुरा भएको छ। त्यहाँ शान्ति सुरक्षा सुदृढ राख्‍नमा निजामति तथा प्रहरी प्रशासनको व्यवस्था गरिएको छ। देशसञ्‍चार टीमकाे प्रस्तुति-

सपथ,सचिवालय र निवास कहाँ ?

प्रदेश १
विहान १० बजे वीरेन्द्रसभा गृहमा सपथ ग्रहणको कार्यक्रम तय भएको विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशु निर्देशनालयलाई बनाइएको छ भने तत्कालका लागि निवास पनि सोही निर्देशनालयको अर्को भवनलाई तोकिएको छ।

सम्बन्धित प्रदेश

प्रदेश २
जनकपुरमा पनि विहान १० बजे नै उद्योग वाणिजय संघको सभाहलमा सपथ खुवाइने छ भने प्रदेश प्रमुखको सचिवालय र निवास जनकपुर चुरोट कारखानाका ‘क्‍वाटर’लाई मा बनाइएको छ।

सम्बन्धित प्रदेश

प्रदेश ३
हेटौडामा विहान ११ बजे सदस्यहरुलाई सपथ खुउने तयारी गरिएको छ। शिक्षा निर्देशनालयको कार्यालयमा सपथ खुवाइने छ भने प्रदेश प्रमुखको सचिवालय र निवास क्षेत्रिय प्रशासन कार्यालयमा रहने भएको छ।

सम्बन्धित प्रदेश

प्रदेश ४
सपथ खुवाउने कार्यक्रम अस्थायी केन्द्र पोखराको जिल्ला समन्वय समितिमा तय गरिएको छ। प्रदेश प्रमुखको सचिवाय क्षेत्रिय प्रशासक कार्यालय तथा अध्यायगमनको कार्यालयमा तोकिएको छ। आवासका लागि राष्ट्र बैकको गेष्ट हाउसमा ब्यवस्था गरिएको छ।

प्रदेश ५
उद्योग वाणिज्य संघ  बुटवलमा ११ बजे शपथ हुने भएको छ। प्रदेश प्रमुखको सचिवालय रुपन्देही व्यापार संघको भवनमा स्थापित गरिदैछ । त्यस्तै निवासका रुपमा सडक कार्यालयको भवन प्रयोगमा आउँदै छ।

प्रदेश ६
यो प्रदेशको सपथ अस्थायी राजधानी सुर्खेतको जिल्ला समन्वय समितिका सभा हलमा मा विहान ११ बजेदेखि प्रदेश सांसदहरुले सपथ लिने कार्यक्रम सुरु हुने छ। क्षेत्रीय वन तालिम केन्द्रलाई प्रदेश प्रमुखको सचिवालय र निवास तोकिएको छ।

प्रदेश ७
दिउँसो तीन बजे जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाउने कार्यक्रम रहेको धनगडीको वडा नम्वर ४ उत्तरबेहडीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा प्रदेश प्रमुखको सचिवालय र वनदेवी मन्दिरसँगै जोडिएको क्षेत्रीय वन निर्देशनालयमा निवास राख्ने निर्णय गरिएको छ।

सपथ प्रक्रिया यस्तो हुने छ
प्रदेश प्रमुखले सबैभन्दा पहिला प्रदेशसभामा निर्वाचित सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउने छन्। त्यसपछि उनले नै ‘प्रो टेम स्पीकर’ अथवा अस्थायी अध्यक्षका रुपमा अन्य प्रदेशसभाका सदस्यहरुलाई सपथ गराउँने छन्। र, विधिवतरुपमा स्थायी सभामुखको निर्वाचन नभएसम्म ‘प्रो टेम स्पीकर’ ले नै सभाको अध्यक्षता गर्ने छन्।

माघ ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्