भाईवरको म्यासेजले ‘दश नम्बर’ ब्रोकरलाई कारवाही

काठमाडौं-धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटीजलाई कारवाही गरेको छ।

धितोपत्र सम्बन्धी ऐन-२०६३ को दफा ७६ को बिरुद्धको काम गरेकाले ऐनको दफा १०१ को उपदफा ७ अनुसार प्रज्ञान सेक्युरिटीज ७५ हजार रुपैयाँ जरिवाना गरिएको गरिएको धितोपत्र बोर्डले जनाएको छ।

प्रज्ञान सेक्युरिटीजका विराटनगर शाखा प्रमुखले भाईवरमा ग्रुप बनाई सिभिल बैंकको साधारण सभा हुनु अगाडीनै सिभिलले ४० प्रतिशत हकप्रद सेयर दिने भन्दै लगानीकर्तालाई सेयर किन्न भनेका थिए।

सिभिलले ४० प्रतिशत हकप्रद सेयर नदिँदा लगानीकर्ताले  धितोपत्र बोर्डमा उजुरी गरेका थिए।

धितोपत्र बोर्डले उजुरीमाथि छानबिन गर्दा प्रज्ञान सेक्युरिटीजका शाखा प्रमुखले गल्ति गरेको भेटिएकाले कारवाही गरेको बोर्डले जनाएको छ।

 

माघ ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्