बार्सिलोनामा असफल भएका ब्राजिलियन खेलाडी

स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाको रोजाइमा ब्राजिलियन फुटबलर पर्दै आएका छन् । यसको पछिल्लो उदहारण हुन्, फिलिप कोन्टिन्हो ।

बार्सिलोनाले उनलाई क्लबको कीर्तिमानी मूल्य एक सय ४२ मिलियन पाउण्ड तिरर लामो संघर्षपछि यहि जनवरीमा लिभरपुलबाट क्लब भित्र्याउन सफल भएको छ ।

विज्ञापन

स्टार ब्राजिलियन खेलाडी नेइमार गएको समर विण्डोमा विश्व कीर्तिमानी मूल्यमा पेरिस सेन्ट–जर्मेन पिएसजी गएपछि बार्सिलोनाले ब्राजिलियन कोन्टिन्होलाई क्लब भित्र्याएको हो ।

बार्सिलोनामा रहेर धेरै ब्राजिलियन खेलाडीले राम्रो गरेका छन् । केही यस्ता ब्राजिलियन खेलाडी छन्, जो बार्सिलोनाको रोजाइमा त परे तर सफल हुन सकेनन् ।

ब्राजिलियनसोनी एडर्सन : उनी सन् १९९७ देखि १९९९ सम्म क्याटलान क्लब बार्सिलोनामा रहे । तर उनी लिग वान क्लब मार्सेइलीमा जस्तो सफल हुन सकेनन् । मार्सेइलीमा १११ खेलमा ६७ गोल गरेका उनले बार्सिलोनामा पहिलो सिजनमा १० गोल गरे । तर दोस्रो सिजन उनी अधिकांश समय बेन्चमै रहे । अन्त्यमा उनी लियोन गए ।

ब्राजिलियनडुग्लस : सन् २०१४ मा साओ पाउलोबाट आएका डुग्लस अहिले पनि बार्सिलोनामै छन् । उनी अहिलेसम्म ला लिगामा एक खेल मात्रै खेलेका छन् । त्यसपछि कोपा डेल रेका दुई खेलमा पनि उनको प्रतिनिधित्व छ । उनी बार्सिलोना आएपछि अहिलेसम्म पनि अधिकांस समय बेन्चमै छन् ।

ब्राजिलियनफाबिओ रोचेमब्याक : उनी सन् २००१ देखि २००३ सम्म बार्सिलोनामा रहे । पेप गार्डिवलाको ठाउँ लिने गरी अनुबन्ध भएका फाबिओले बार्सिलोनाबाट ४५ खेलमा मात्रै तीन गोल गरे ।

ब्राजिलियनहेनरिक : सन् २००८ देखि २०१२ सम्म बार्सिलोनमा रहेका हेनरिक अर्का यस्ता खेलाडी हुन्, जो नाउ क्याम्पमा चम्किन सकेनन् । उनले पेप गार्डिवलाको नजरमा आफूलाई पार्न सकेनन् र २०१२ को जुनमा उनको सम्झौता सकियो, नविकरण भएन ।

ब्राजिलियनजिओभानी : सन् २००१ देखि २००२ सम्म बार्सिलोनामा रहेका जिओभानी तत्कालिन समयमा बार्सिलोनाले महंगो रकम तिररे भित्र्याएको थियो । तर उनका लागि क्याम्प नाउको बनाई निराशाजनक रह्यो । मिडफिल्डर जिओभानीलाई बार्सिलोनाले १८ मिलियन युरोमा भित्र्यायो तर पहिलो सिजनमा मात्रै १५ खेलमा उनी मैदानमा देखिए । त्यसपछिको सिजन उनले बेन्चमै बिताए ।

 

माघ ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्